महेश बस्नेतलाई भेट्न गुन्डु पुगे मेयर बालेन साह

भक्तपुर – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतसँग भेट गर्नुभएको छ ।

मेयर साह आज नेता बस्नेतलाई भेट्न  बस्नेतको निजि निवास भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डु स्थित पुग्नुभएको थियो ।

भेटकाक्रममा उहाँहरु दुबैले निर्वाचनको समयमा राजनीतिक प्रतिष्पर्धा भएता पनि विकास र समृद्धिको विषयमा एक ढिक्का भएर अगाडी बढ्नु नै राजनीतिक दल तथा जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी भएकाे भन्दै आपसी सहयोग र सद्भावका साथ अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभएकाे थियाे । नेता बस्नेत र मेयर साहबीचको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाको र भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएकाले त्यसलाई अनुकरण गर्ने विषयमा केन्द्रीत भएको थियो ।

मेयर साहले स्थानीय निकयबाट विकास तथा पुनःनिर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकनसमेत गर्नु भएको थियो ।

नेता बस्नेत र मेयर साहबीच भएका छलफलहरु :-

१. वर्तमान राष्ट्रिय राजनीति,
२. मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या,
३. मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान,
४. सकुम्बासी बस्तीको समस्या समाधानको उपाय,
५. कोटेश्वर चोकमा आकाशे पुल निर्माण,
६. हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा कब्जा,
७. सूर्यविनायकदेखी धुलिखेलसम्मको ६ लेनको सडक स्तरउन्नती,
८. भक्तपुरको नमुनायोग्य विकास र त्यसको अनुकरण,
९. केपी ओली नेतृत्वको सरकारको समयमा भएको विकासलाई हाल गठबन्धनको संघीय सरकारका कारण विकासमा भएको अवरोध र त्यसको असर,
१०. मनोहरा प्लानिङ आयोजना,
११. स्मार्ट सिटी,
१२. भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास,
१३. प्राणी उद्यान केन्द्र,
१४. अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र सहकार्य,
१५. वातावरण प्रदुषण नियन्त्रण,

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  २ : २९ बजे