दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्केको छ ।

लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्केको हो ।

यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) र घरेलु टोलीसँग समान २ र २ खेल खेलेको थियो ।

नेपालले पीएनजीसँगको दुई नै खेल तथा घरेलु टोलीसँगको एक खेल जितेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ९ : ३६ बजे