सैनिक विमान ठोक्किदा दुई जना चालकको मृत्यु

रोम – इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किदा दुवै विमानका चालकको मृत्युु भएको छ ।  अभ्यास उडानमा रहेका दुवै विमानका चालककोे मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताउनुभएको छ । 

रोमको उत्तरपश्चिमा भएको उक्त दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीले विमान चालकका परिवार र वायुसेनाका सदस्यहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ । दुर्घटनाग्रस्त विमान एकल इन्जिनयुक्त हुन् ।

रासस /एएफपी

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ८ : १३ बजे