दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आजवाट एसिएन क्रस कन्ट्री च्याम्पियन सिपः ११ देशका खेलाडी मैदानमा भिडदै

काठमाडौं। आज १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुँदैछ ।

नेपाल एथलेटिक्स संघको आयोजनामा सो च्याम्पियनसिप हुन लागेको हो । च्याम्पियनसिप गोकर्ण  गल्फ रिसोर्टमा हुनेछ ।  

सो च्याम्पियनसिपमा नेपालसहित ११ राष्ट्रका ६५ खेलाडीले सहभागी जनाउने छन भने नेपालका सबै भन्दा बढी १९ खेलाडीको सहभागिता रहनेछ । जसअनुसार नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड गरि ११ राष्ट्रका ६५ खेलाडीले प्रतिस्पर्धा उत्रने एथलेटिक्स संघले जनाएको छ । 

च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलाातर्फ ६ किलोमिटर  गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुनेछ । नेपालबाट सिनियर महिलामा ४ र बाँकी सबै इभेन्ट्समा समान ५ खेलाडीले सहभागी जनाउने छन । 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ८ : ०६ बजे