एमालेले यही २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज सांसदहरूलाई प्रशिक्षण दिने 

काठमाडौँ । नेकपा एमालेले यही २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।

एमाले राष्ट्रियसभामा दलका नेता एवं पोलिटब्युरो सदस्य देवेन्द्र दाहालका अनुसार आज दिउसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीनै तहका सांसदहरूको संयुक्त प्रशिक्षण हुदैछ । 

प्रशिक्षणमा प्रतिनिधिसभा, राष्ट्रियसभा र सातै प्रदेशका प्रदेशसभाका सांसदहरू उपस्थित हुनेछन् । 

प्रशिक्षणमा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिनुहुने पोलिटब्युरो सदस्य दाहालले जानकारी दिनुभयो ।

प्रशिक्षणमा विभिन्न प्रदेशहरूमा पार्टीको मत भारको अवस्थाका बारेमा सातै प्रदेशबाट रिपोर्टिङ पनि लिइने जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : ०५ बजे