विदेशी पर्यटकलाई विनागाइड पदयात्रामा जान रोक

काठमाडौं । नेपाल  पर्यटन बोर्डले अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने निर्णय गरेको छ ।

 बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो। नेपालमा कोभिड-१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए।

सन् २०२२ मा यो संख्या १९ हजार ४२५ थियो । यस्ता पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए ।

अब भने पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ ।

 बोर्डको यस निर्णयले गन्तब्यलाई महँगो बनाउने छ। सबै प्रावधान १ अप्रिलदेखि लागु हुने छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ३१ बजे