सेयर बजार निरन्तर ओरालो लाग्दै

काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट देखिएकाे छ । केही दिन अघिदेखि निरन्तर रुपमा ओरोलो लागेको सेयर बजारमा आइतबार पनि गिरावट आएको हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३०.७७ अकंले घटेर १९३८.२५ बिन्दुमा बन्द भएको छ । आज २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १९६ कम्पनीको सेयरमूल्य घटेको छ । दुई कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । सेयर बजारमा गिरावट आउला पनि आज हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ८ करोड ४४ लाख १८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

आज सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आज सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : ३८ बजे