दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सेफ्टी ट्याङ्कीमा भेटियाे महिलाको शव

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटामा एक महिलाको शव सेफ्टी ट्याङ्कीमा  फेला परेको छ ।

निर्माणाधीन रहेको रिफ्रेस सेन्टरको सेफ्टी ट्याङ्कीमा शनिवार महिलाको शव भेटिएको हाे । फेला परेकाे शव कस्काे हाे पत्ता लागेकाे छैन । 

पानीमा डुबेकोले शवलाई पहिचान गर्न नसकिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक कपिल जङ्ग शाहीले जनकारी दिनुभयो ।

दुर्गन्धित क्षेत्र रहेकोले शवको पहिचान हुन नसकेको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले बताउनुभयो । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार  शव बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  २ : १३ बजे