यस्तो छ आजको हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अङ्गुर र भारतीय सुन्तला ११० रुपैयाँ, अनार २८० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवी ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ५०  रुपैयाँ, पुदिना २२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ४० रुपैयाँ, भ्यान्टा लाम्चो ९० रुपैयाँ, भिण्डी १२० रुपैयाँ केजी र हरियो धनियाँ २० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : १५ बजे