सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, माओवादी र नागरिक उन्मुक्ति पार्टीले के गर्लान ?

धनगढी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिनुहुने भएको छ । 

प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेशसभा बैठक आह्वान गर्न पत्र पठाउनुभएको छ ।

उहाँले पठाएको पत्र अनुसार आइतबार दिउसो १ः०० बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो ।   

‘मुख्यमन्त्रीज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभामुख भीमबहादुर भण्डारीले भन्नुभयो, ‘त्यसै अनुसार तयारी गर्न सचिवालयलाई निर्देशन दिइसकेको छु ।’

माओवादी केन्द्रले यथास्थितिमा मत दिन नसक्ने भन्दै केन्द्रीय कार्यालय, पेरिस डाँडालाई खबर गरेको छ भने नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिदैन्’ भन्ने प्रस्ट पार्नुभएको छ । दुवै पार्टीले मन्त्रालय भागबन्डामा काँग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन । 

तीन दलसँग प्रदेशसभामा ३४ प्रदेश भा सदस्य रहेको छन् । प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने छ । 

यसअघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले पनि काँग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिनुअघि  मन्त्रालयमा भागबन्डा लगाउनु पर्ने सो पार्टीको भनाई छ ।

 ‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन,’ नाउपाकी अध्यक्ष रिञ्जता श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ  सो अनुसार मन्त्रालय भागबन्डा टुङ्ग्याएपछि मात्रै शाहलाई विश्वासका मत दिने अध्यक्ष श्रेष्ठको भनाई । 

नागरिक उन्मुक्ति पार्टीले समेत प्रदेश मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको अवस्थामा प्रदेश सरकारलाई दुई तिहाइ समर्थन हुने छ । 

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको रावल नेतृत्वको सरकार ढलेको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हैसियतमा काँग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बन्नुभएको थियो। 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ६ : ५१ बजे