सर्वोच्चको आदेशसँगै प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट भोलि दर्ता हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

शुक्रवार न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिए पछि दुई वर्षपछि अर्थात् आइतबार रिट दर्ता गरिन लागेको हो । 

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन ।

दर पिठ भएपछि पुनः कात्तिक २४ गते भएको दरपिठविरुद्ध उहाँहरू पुनः मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रिट लिएर पुग्नुभएको थियो। सोही रिटमा सुनवाइ गर्दै न्यायाधीश द्वय कार्की र फुयाँलले मुद्दा दर्ता गर्न आदेश दिनुभएको छ ।

शुक्रवार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलिपि लिई रिट आइतबार मुद्दा दर्ता गरिने अधिवक्ता ज्ञानेन्द्रराज आरणले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : १५ बजे