साफ यू–१७ च्याम्पियनसिप आजदेखि

दुर्गा प्रसाईको कार्यक्रम सफल पार्न कमल थापाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुर्गा प्रशाईले शनिबार काठमाडौंमा गर्न लागेको कार्यक्रम सफल पार्न कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ । शुक्रबार ट्वीटरमार्फत उहाँले सो आग्रह गर्नुभएकाे हाे ।

थापाले ट्वीटरमा भन्नुभएकाे छ – ‘सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ । फागुन २० गते काठमाडौँको बानेश्वरमा ‘राष्ट्रियता, धर्म र संस्कृति बचाउने महाअभियान’ द्वारा आयोजित सभा सफल पार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु ।’

मेडिकल व्यवसायी समेत रहेका प्रसाईले शनिवार काठमाडौंमा कार्यक्रम गर्ने तयारी गर्नुभएकाे छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : ०८ बजे