बैंकविरूद्ध हुने गतिविधि रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले  बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध गतिबिध भएको भन्दै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन निर्देशन भएको गृह सचिव विनोदप्रसाद सिंहकाे भनाइ छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ५ : ५४ बजे