साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बझाङको चैनपुरमा नवजात शिशुको शव फेला

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरमा रहेको बाहुँलीगाड किनारमा नवजात शिशुको शव फेला परेको छ। बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। शिशुको शव फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ४ : ४२ बजे