दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भन्सार छलेर भारत लैजाँदै गरेको २० क्वीन्टल सुपारीसहित एकजना पक्राउ

झापा । झापाको मेचीनगरमा दुई हजार केजी सुपारीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुपारी लोड गाडीसहित  चालक दमक नगरपालिका– १ निवासी २८ वर्षीय मुकेश चौधरीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हाे ।

मेचीनगर नगरपालिका– ६ स्थित दक्षिणबाट उत्तर तर्फ लैजाँदै गरेको प्र १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भिसिटीएस लगायतको आवश्यक कागजात नभएको दुई हजार केजी सुपारीसहित गाडी चालक चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिनुभयाे । 

सुपारी,गाडी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीले बुझाइसकेको डीएसपी रिजालले बताए । 

त्यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट ६० केजी सुपारी बरामद गरेको छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  २ : ११ बजे