साउदीमा चार महिनादेखि अलपत्र टंकमायाको उद्धार

काठमाडाैँ । साउदी अरेबियामा चार महिनादेखि अलपत्र परेकी नेपाली चेलीको उद्धार भएको छ। १० वर्षअघि घरेलु कामदारका रुपमा कुबेत पुगेकी टंकमाया तामाङ त्यहाँबाट साउदी पुगेकी थिइन्। 

साउदीमा अबैधानिक रुपमा काम गरिरहेकी उनलाई विगत चार महिना अघि रोगजारदाताले अलपत्र पारेको थियो। अलपत्र परेकी उनलाई नेपाली वाणिज्य दूतावास जेद्दाको सहयोगमा उद्धार गरएको हो।

रोजगारदाताले दूतावासको गेट अगाडि छोडेर गएपछि उनले दूतावासमा सहयोगको अपिल गरेकी थिइन्। दूतावासले रोजगारदातासँग आवश्यक समन्वय गरी उद्धार गरेको जनाएको छ।

कुबेतबाट अवैधानिक रुपमा साउदी पुगेकी तामाङको स्वदेश फिर्ताका लागि दूतावासले साउदी सरकारसहित विभिन्न निकायसँग समन्वय गरेको थियो। 

स्वदेश फिर्ताको लागि हवाई टिकटको व्यवस्था एनआरएन साउदीले गरे लगत्तै उनी फागुन १० गते नेपाल आइपुगेकी हुन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  २ : ०९ बजे