दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आज नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज पपुवा न्युगिनीसँग खेल्दै छ । 

खेल नेपाली समय अनुसार मध्याह्न ११ः ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ।

नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अङ्कका साथ पुछारमा छ । 

नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एक दिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : ०९ बजे