मुग्लिन–पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राती ४ घण्टा बन्द हुने

तनहुँ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)आगामी २९ गतेसम्म बन्द हुने भएको छ ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक बन्द हुने भएको हो।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लिन–पोखरा सडक खण्ड (पूर्वी योजना)ले जनाएको छ ।

‘१० दिनसम्म राती १२ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म यातायात आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सो समयमा अगाडि वा पछाडि मात्र उक्त सडक वारपार गरिदिनुहुन सम्बन्धित सबै यात्रु महानुभावहरूमा हार्दिक अनुरोध छ’ जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : १३ बजे