यस्तो हुनेछ राष्ट्रपति निर्वाचनको मतपत्र

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमुना मतपत्र निर्माण गरेको छ ।

जसअनुसार सङ्घीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुई थरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेशसभाका सदस्यहरूको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा सात वटै प्रदेशसभाका सांसद मतदाता हुन्छन् । तर सङ्घीय सांसदहरूको मत भार ७९ अङ्क र प्रदेशसभाका सांसदको मत भार ४८ तोकिएको छ ।

राष्ट्रपतिमा नेपाली काँग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : १४ बजे