‘एउटै नाउरको सिकार गर्न २३ लाख’

छक्का पञ्जा–४ र छड्के–२ आजबाट प्रदर्शनमा

काठमाडौँ । बहुप्रतिक्षित फिल्म छक्का छक्का पञ्जा–४ र छड्के–२ आजबाट प्रदर्शनमा जाने भएका छन् ।

दीपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनीत छड्के–२ आजबाट प्रदर्शनमा आउन लागेको हो । दुवै सिक्ववेल मुभी हुन ।  

हेमराज बिसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायाङ्कन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ । 

उता, निर्भान फिल्म स्कुलको छड्के–२ मुख्य कलाकारमा अनमोल केसी छन् । चकलेटी हिरोको छवि बनाएका अनमोल छड्के–२ बाट ग्यांगस्टार मुहारमा देखिदैछन । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निर्माणमा रहेका छड्के–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन । 

दुवै सिक्ववेल मुभी हुन । एकै पटक  सिक्ववेल मुभी  रिलिज भएको सम्भवतः पहिलो पटक हो । 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : ४५ बजे