आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सन्दीपले लिए नेपालका लागि दोस्रो विकेट

काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा यूएईविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको यूएईविरुद्ध नेपालले दोस्रो विकेट लिएको हो । सन्दीप लामिछानेले यूएईका भ्रित्या अरविन्दलाई १८ रनमा आउट गराए ।

यसअघि नेपालका लागि करण केसीले पहिलो ओभरमै विकेट लिएका थिए । करणले पहिलो ओभरको पाँचौँ बलमा मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए । 

यूएईले १४ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ५३ रन बनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १२ : ५९ बजे