राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

​​​​​​​काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ । यो रिपो चैत २ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।

रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १२ : ३३ बजे