सुवासचन्द्र नेम्वाङद्वारा राष्ट्रपतिमा आफ्नो पक्षमा मतदान गर्न एकीकृत समाजवादीका नेताहरूसँग आग्रह

काठमाडौँ । राष्ट्रपति पदका उम्मेदवार एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग मत माग्नुभएको छ । 

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेताहरूसहित पुग्नुभएका उपाध्यक्ष नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेताहरूसँग उहाँले राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गर्नुभएको छ ।  नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायतका नेता अध्यक्ष नेपाललाई भेट्न एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुग्नुभएको थियो ।

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा काँग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिनुभएको छ । 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ११ : ४३ बजे