सुवासचन्द्र नेम्वाङले आज अन्य दलका शीर्ष नेताहरूसँग भेटघाट गर्नुहुँदै 

काठमाडौँ ।   यही फागुन २५गते हुने राष्ट्रपति पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आज अन्य दलका शीर्ष नेताहरूसँग भेटघाट गर्नुहुने भएको छ ।

उपाध्यक्ष नेम्वाङले आज बिहान ११ः०० एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एकीकृत समाजवादीको पार्टी कार्यालयमा भेटघाट गर्दै हुनुहुन्छ । उहाँसँगै उपाध्यक्ष विष्णु प्रसाद पौडेलले र उपमहासचिव  पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरू सहभागी हुनुहुने एमालेले जनाएको छ । 

त्यसैगरी उपाध्यक्ष नेम्वाङले आज दिउँसो १ः००र बजे राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का  सभापति रवि लामिछानेसँग रास्वपा केन्द्रीय कार्यालयमा भेट गर्नुहुने भएको छ। उहाँसँग एमालेका सचिव योगेश भट्टराईलगायतमा नेता  सहभागी हुने जनाइएको छ । 

त्यस्तै आज दिउँसो २ः३० बजे उहाँले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग उहाँकै कार्यालयमा भेटघाट गर्दै हुनुहुन्छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ११ : ०१ बजे