नामकरणको खुसीयालीमा आज कोसी प्रदेशमा सार्वजनिक बिदा

​​​​​​​विराटनगर  । प्रदेशको नामकरण भएको खुसीयालीमा कोसी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

गए राती प्रदेशसभा बैठकले प्रदेश १ को नाम कोसी राखेपछि प्रदेशभर बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर नामकरणको खुसीयालीमा बिदा दिएको जनाएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : ४२ बजे