आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आइसिसी विश्वकप लिग–२ः आजबाट सन्दीप लामिछाने पनि मैदानमा

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजबाट नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने जोडिने भएका छन् । 

नाबालिग बलात्कारको मुद्दामा विदेश जान उनी माथि लगाइएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि बुधवार मात्रै युएई गएका लामिछानेले आज युएई विरुद्ध नेपालले खेल्ने खेल आबद्ध हुनेछन् ।

सर्वोच्च अदालतको आदेशमा ढिला हुँदा विगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन् । प्रतिश जिसीलाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी वा सन्दीप लामिछाने मध्य एकलाई खेलाउने सम्भावना रहेको क्यानले जनाएको छ ।

घरेलु मैदान टियुमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।

नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ ।नेपालले गत पुसमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अङ्कका साथ पाँचौँ स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ ।

यस खेलमा विजेता टोलीले २०२४ मा  श्रीलङ्का हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्त्वका साथ हेरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : १८ बजे