साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रपतिद्वारा नवनियुक्त चार मन्त्रीलाई शपथ 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । 

राष्ट्रपति कार्यालय शितल निवासमा आज एक समारोहका बीच चार मन्त्रीहरूले शपथ लिनुभएको हो ।  

संविधानको धारा ८० बमोजिम ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा लेखराज भट्ट, शहरी विकास मन्त्रीमा प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गौरी शङ्कर चौधरीले शपथ लिनुभएको हो । 

नेकपा माओवादी केन्द्रले एमालेमा प्रवेश गर्नुभएका चार मन्त्री तथा सांसदहरूलाई पदमुक्त गरेसँगै हिजो मात्र उहाँहरूको मन्त्री पद गुमेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको  सिफारिसमा चारैजना मन्त्रीहरूको आज पुनर्नियुक्ति भएको थियो । 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : १२ बजे