प्रतिसिलिण्डर ३३९ रुपैयाँ बढेर आयो ग्यासको मूल्य

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको मूल्य भारतबाट प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई १५–१५ दिनमा मूल्य सूची पठाउने प्रावधान अनुरुप नयाँ सूची पठाएको हो ।

जसअनुसार ग्यासको मूल्यमा उच्च वृद्धि भएर आएको निगमले जनाएको छ । योसहित ग्यासमा प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहने निगमले जनाएको छ ।

नेपालमा ग्यासको मूल्य नबढाउने हो भने हालको खपतअनुसार १५ दिनमा ९३ करोड रुपैयाँ ग्यासमा मात्रै नोक्सानी हुने निगमले जनाएको छ । भारतबाट ग्यासको मूल्य बढेर आए पनि डिजेल र पेट्रोलको मूल्य भने सामान्य घटेर आएको छ ।

अस्ती, डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा तथा पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा घटेर आएको निगमले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ४ : ५३ बजे