दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

खैरो हिरोइनसहित झापाको युवा सुर्खेतमा पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकावाट खैरो हिरोइनसहित एक पक्राउ परेका छन् ।

बिरेन्द्रनगरनगरपालिका– ६ खोर्के लाईन सदभावना टोल डेरा गरी बस्ने झापा दमक उपमहानगरपालिका–९ घर भएका २५ वर्षीय सन्दीप बराइलीलाई अवैध लागूऔषध ब्राउनसगुरसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार खैरोहिरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे । 

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त पदार्थ र नगद ३ हजार ६ सय ४५ रूपैयाँसहित फेला पारेकाे हाे ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : ५१ बजे