आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

 काठमाडौं ।  सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।  

उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलकाअनुसार लामिछाने १५ दिनभित्र स्वदेश फर्किएर अदालतमा हाजिर हुनुपर्ने शर्त राखिएको छ।

"विदेश जान अनुमति दिने आदेश भएको छ। तर १५ दिनभित्र फर्किएर सम्बन्धित अदालतमा हाजिर हुनुपर्ने सर्त राखिएको छ," पौडेलले भने।

न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छोड्ने निर्णयलाई पनि सदर गरेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ५ : ३५ बजे