सन्दीपको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ । 

सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सुनुवाइ सकिएको हो ।  यससँगै सर्वोच्चले आजै आदेश सुनाउने तयारी गरेको छ ।

यसअघि आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  सर्वोच्चमा सन्दीपले दायर गरेको मुद्दासँगै सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो  । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ३ : ४५ बजे