आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पीएनजीविरुद्ध टस जितेर फिल्डिङमा नेपाल

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ ।  

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालबाट तीब्र गतिका बलर प्रतिश जिसीले डेब्यू गर्नेछन् ।  

लिग २ मा २८ खेल खेलेको नेपाल १२ जित र १४ हारको नतिजासहित २६ अंक जोडेर तालिकाको छैठौं स्थानमा छ ।  

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ११ : ४२ बजे