आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरूका लागि फागुन ११ गतेदेखि आइपिओ बिक्री खुला गरेको थियो । उक्त आईपीओमा आवेदकहरूले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ ।

लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेको हो । जसअनुसार प्रतिसेयर १०० अङ्कित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागी १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर निष्कासन गरिसकेको छ ।

यस्तै, कर्मचारीहरूका लागी जारी पुँजीको ०।५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

आवेदकहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । 

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : ५९ बजे