फागु पर्व सुरु, हनुमानढोकामा चीर ठड्याइयो (तस्बिरहरू)

काठमाडौ‌ँ । फागु अर्थात् होली पर्व सुरु भएको छ । 

वसन्तपुर हनुमान ढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।

आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो ।

योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।​​​​​​​

​​​​​​​

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : ४४ बजे