आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

केपी ओली कप: आर्मी र सातदोबाटो ५३ मिनेट पछिको भिडन्तमा

काठमाडौँ  । वर्षाले रोकिएको केपी ओली कपको सेमिफाइनलको बाँकी समयको खेल आज हुदैँछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी रहँदा मेघ गर्जनसहित पानी परेपछि त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो यूथ क्लबबीच रोकिएको सेमिफाइनल खेल आज हुन लागेको हो ।

खेलको सकिन लाग्दा वर्षा सुरु भएपछि आजसम्मका लागि खेल गरिएको थियो ।  आयोजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि आज ११ः०० बजेपछि बाँकी ५३ मिनेटपछिको खेल हुनेछ ।

आइतबार भएको खेलमा ५३ मिनेटसम्म कुनै टोलीबाट गोलसम्म हुन सकेको थिएन । दोस्रो सेमिफाइनलमा भने दिउँसो ३ः०० बजे मच्छिन्द्र र आयोजक केपी ओली एफसीबीच हुँदै छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागी छन् ।

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ५५ बजे