रबि लामिछानेले भन्नुहुन्छ – ‘राष्ट्रपति निर्वाचन बारे केन्द्रीय समितिबाट निर्णय लिन्छौ’

काठमाडौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

फेरिएको राजनीतिक समीकरण तथा राष्ट्रपतिको निर्वाचन लगायतको विषयमा छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

सभापति लामिछानेले सरकारबाट बाहिरिने वा नबारिने भन्नेमा अझै कुनै निर्णय नलिएको बताउनुभयो। ‘केन्द्रीय समितिको बैठक बस्दै छ, त्यसैले केही निर्णय गर्नेछ,’ उहाँले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भन्नुभयो ।

नेकपा एमाले–नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय पुरानो गठबन्धन भत्किएको र माओवादी–काँग्रेससहितको नयाँ ८ दलीय गठबन्धन बनेको पर्सिपल्ट रास्वपाले आवश्यक निर्णय लिनका लागि बैठक बोलाएको हो । 

सर्वोच्च अदालतले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्दै लामिछाने सांसद पद खारेज गरिदिए पछि चितवन–२ रिक्त हुन पुगेको छ ।

आजको बैठकमा १०वैशाखमा हुने चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार चयनको बारेमा पनि छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : १९ बजे