प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालिरहनुभएको छ ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ । 

बन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिनादेखि रिक्त हुँदै आएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै यसअघि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।

आइतबार राप्रपाका मन्त्रीहरूले राजीनामा दिएपछि ऊर्जा, जलस्रोत, सहरी विकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।  राप्रपाका मन्त्रीहरूका राजीनामा स्वीकृत भएसँगै दुई महिना भित्रमा प्रचण्ड सरकारका ८ मन्त्रालय रिक्त हुन पुगेको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : २९ बजे