धरहराबाट उपत्यका नियाल्ने रहर

किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । एक किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । 

कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।  

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ४ : ०४ बजे