साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तीन दलको बैठक निष्कर्षविहिन : जसपाले माग्यो थप समय

 

काठमाडौं ।  कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक सकिएको छ।

नयाँ सत्ता समीकरणका लागि देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा  देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राख्नुभएको थियो ।

देउवाले आफ्नो नेतृत्वमा सरकार मनाउन माग गरेपनि बैठकले कुनै निष्कर्ष भने निकाल्न नसकेको बताइएको छ ।   

बैठकमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताउँदै कुनै निर्णय गर्न मानेनन् ।  जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि राखेका थिए ।  

माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ । बैठकमा जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे पार्टीभित्र थप छलफल गर्नुपर्ने भन्दै समय मागेपछि पुनः बैठक बस्ने सहमतिका साथ आजको बैठक सकिएको बताईन्छ । 

बैठकमा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पुगेका छन्। जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी हुनुहुन्थ्यो।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : २९ बजे