जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर शनिवार राती ९ः०० बजे स्वदेश फर्कनुभएको छ ।

सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गर्नुभएको थियो ।

जी २० का अर्थमन्त्रीहरूको सम्मेलन शुक्रवार र शनिवार गरी दुई दिन चलेको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन ११ गते भारत जानुभएको थियो ।

नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेकाले अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागी हुन भारत जानुभएको हो।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : १८ बजे