बाग्मती प्रदेशबाट राप्रपा बाहिरियो, तीन मन्त्रीद्वारा राजीनामा

हेटौडा । बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिएको छ।  

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिवार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उहाँको निवासमा तीन मन्त्रीको संयुक्त रूपमा राजीनामा बुझाउनुभएको छ। 

मुख्यमन्त्री निवास, हेटौँडामा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले पनि संयुक्त राजीनामा दिनुभएको हो । 

राप्रपाको शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र प्रदेश सरकारबाट बाहिरिने निर्णय लिएसँगै राप्रपा बाग्मतीले पनि सो निर्णय कार्यान्वयन गरेको थापाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : ४२ बजे