रविको दैलोमा रामचन्द्र पौडेल,भन्छन् : राष्ट्रपतिमा मलाई सघाउनुस्

काठमाडौँ । कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे दैलाेमा पुग्नुभएकाे छ । शनिबार लामिछानेको हात्तिगौंडास्थित निवासमा पुगेर पाैडेलले राष्ट्रपतिमा सघाउन अाग्रह गर्नुभएकाे छ । 

नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको जानकारी गराउँदै रास्वपाले पनि आफूलाई समर्थन गर्न आग्रह गर्नुभएकाे थियाे । ‘राष्ट्रपतिमा मलाई सघाउनुस्’, रामचन्द्र पौडेललाई उदृत गर्दै एक नेताले भन्नुभयो । 

लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिनुभएकाे छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १ : ४३ बजे