प्रचण्ड सरकारबाट बाहिरिने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

शुक्रवार साँझ राप्रपाको अनुपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनाएको भोलिपल्ट सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

गत पुस १० गते राप्रपासहित ‘प्रचण्ड’ले बनाएको नयाँ समीकरण भत्काएर १२ फागुनमा काँग्रेस, नेकपा एसलगायत ८ दलसँग नयाँ गठबन्धन निर्माण गरी काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेपछि आज राप्रपाले सो निर्णय लिएको हो ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : २५ बजे