एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक सुरु भएको छ ।

राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रास रुट’, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएका एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बसेको हो । 

आजको सचिवालय बैठकबाट प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने लगायतका विषयमा एमालेले निर्णय गर्ने बुझिएको छ।   

राष्ट्रपति निर्वाचनका लागि आज नै उम्मेदवारी दर्ता हुँदै छ । राष्ट्रपतिको निर्वाचन भने फागुन २५ मा हुँदै छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : १७ बजे