दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई सङ्कटतर्फ लैजाने जोखिम : सचिव विष्ट

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहमतिलाई लत्त्याएर दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरता र सङ्कटतर्फ लैजाने जोखिम देखा परेको बताउनुभएको छ  । 

माओवादीले एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले सहमतिलाई लत्त्याएर दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरता र सङ्कटतर्फ लैजाने जोखिम देखा परेको बताउनुभएको हो ।

उहाँले यस्तो अवस्थामा आफ्नो पार्टी एमाले सबै खाले षड्यन्त्रहरूको सामना गर्दै आफ्नै सामर्थ्यमा उभिएर अविचलित रूपमा राष्ट्र र जनताको पक्षमा नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।

“सहमतिलाई लत्त्याएर दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरता र सङ्कट तर्फ लैजाने जोखिम देखा परेको छ । यस्तो अवस्थामा हाम्रो पार्टी नेकपा एमाले सबै खाले षड्यन्त्रहरूको सामना गर्दै आफ्नै सामर्थ्यमा उभिएर अविचलित रूपमा राष्ट्र र जनताको पक्षमा नेतृत्वदायी भूमिका खेल्नेछ ।” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ९ : ४१ बजे