गोकुल बाँस्कोटाको टिप्पणी : ‘रङ्ग फेर्ने प्रतियोगितामा छेपारोले प्रचण्डसँग हार्छ’

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले रङ्ग फेर्ने प्रतियोगितामा छेपारोले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हार्ने टिप्पणी गर्नुभएको छ ।

माओवादीले एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएपछि एमाले नेता बास्कोटाले सो टिप्पणी गर्नुभएको हो

“उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रङ्ग फेर प्रतियोगिता भए पनि छेपारो नै हार्छ”, बाँस्कोटले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित वामपन्थी सहकार्य समाप्त भयो।”

एमालेसँग १० पुसमा भएको सहमति तोडेर अघि बढेका प्रचण्डप्रति आक्रोशित बाँस्कोटाले एमालेले अब आफ्नै लयमा हिँड्नुपर्ने पनि बताउनुभएको छ । “एमाले आफ्नै लयमा अघि बढ्नुपर्छ। उत्साह र आशा दुवै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।”

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ९ : १७ बजे