राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने जसपाको औपचारिक निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले राष्ट्रपति निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । 

शुक्रवार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिनुभयो । 

“आठ दलको सहमति अनुसार काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ, पार्टीबाट उपराष्ट्रपति को हुने त्यो भने टुङ्गिएको छैन”, उहाँले भन्नुभयो ।  

शुक्रवार नै आठ दलको बैठकमा राष्ट्रपति काँग्रेसलाई दिने सहमति भए लगत्तै बसेको जसपाको बैठकले समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । काँग्रेस उम्मेदवारलाई औपचारिक रूपमा समर्थन गर्ने जसपा नेपाल पहिलो पार्टी हो । 

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ९ : ०३ बजे