दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दिलीप महतोको हत्यामा संलग्नलाई २५ वर्ष जन्म कैद

काठमाडौं । पर्यावरण अभियान्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको छ ।

मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख क्षतिपूर्ति जरिवाना हुने गरि फैसला सुनाएको हो । त्यस्तै, हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङले उक्त मुद्दाको फैसला सुनाउनुभएको हो । गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्त मध्ये विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गरेको थियो भने अरु ४ जनालाई सफाइ दिएको थियो । २५ पुस २०७६ मा औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : २२ बजे