साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मोवाइल पड्किदा गम्भीर घाइते

भोजपुर – चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच प्रहरीले दुई केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ कोप्चेबाट २३ वर्षीय मनिश तामाङलाई पक्राउ गरेको हो । 
 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : २४ बजे