ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका ६ का राजेन्द्र पाशी रहेका छन् । उपचारको क्रममा भीम अस्पताल भैरहवा पासीको बिहीबार राति सवा १० बजे मृत्यु भएको हो ।

लु ८६ प ४०५ नम्बरको मोटरसाइकल लु ४ त ४४६५ नम्बरको ट्याक्टरको पछाडि राति साढे ९ बजे ठोकिएको थियो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ४८ बजे